आज पहेंलो धातुको मूल्य तोलामा ६०० ले वृद्धि



काठमाडौं ।

स्थानीय बजारमा सुनको मुल्य लगातार ओरालो लागेकाले आज भने सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ । रु एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्