शरणार्थी शिविरमा आगलागी हुँदा एकको मृत्यु



काठमाडौं । झापा दमकस्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।

सोमबार साँझ साढे सात बजे एक तले छाप्रामा अचानक आगलागी हुँदा प्याराइसिसको बिरामी भइ घरभित्रै सुतिरहेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्