सभामुख पेलासीद्वारा उपराष्ट्रपति पेन्स माथि ट्रम्पलाई हटाउन दवाव



वासिंगटन, (एजेन्सी)

अमेरिकी सभामुख नान्सी पेलोसीले गत साता अमेरिकी क्यापिटल भवनमा भएको आक्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भुमिकालाई मध्य नजर राख्दै उनलाई व्हाइट हाउस स्थित कार्यालयबाट हटाउन उप राष्ट्रपति माइक् पेन्स माथि दवाव दिएकी छन् ।

विधायकहरुले राष्ट्रपति ट्रम्प कार्यालयमा बस्नका लागि अयोग्य घोषित गर्न पेन्सलाई संविधानको पच्चिसौं धारा संशोधन गर्न प्रस्ताव ल्याउने अनुमान गरिएको छ । तर पेन्स तिनीहरुको यस विचारको विरुद्ध रहेको बताइउको छ । तर यदि पेन्सले सो प्रस्ताव अस्विकार गरेको खण्डमा डेमोक्रेटहरुले क्यापिटल भवनमा मार्च गर्न आफ्ना हजारौं समर्थकलाई आव्हान गर्ने ट्रम्प विरुद्ध महाभियोगको लागि मतदानमा समेत जाने सक्ने पनि बुझिएको छ ।

थुप्रै संख्यामा रिपब्लिकन विधायकहरु लगायत डेमोक्रेटहरुले क्यापिटल भवनको घटनालाई लिएर रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहराएका छन् । सो घटनामा एक जना प्रहरी अधिकृत लगायत पाँचजनाको ज्यान गएको थियो । सो घटना पछि पनि ट्रम्पले नोभेम्वरको राष्ट्रपतिय चुनावमा धाँधली भएको आरोप दोहराइरहेका थिए ।

ट्रम्पको अभिव्यक्तिका कारण अमेरिकामा थप हिँसा भड्किन सकने खतरालाई मध्य नजर राख्दै ट्विटर कम्पनीले ट्रम्पको टिव्टर एकाउन्ट स्थायी रुपमा बन्द गरेको छ । साथै फेसबुक , स्न्यापच्याट र इन्स्टाग्रामले पनि ट्रम्पलाई कारवाही गरेको थियो । ट्रम्पले आगामी २० जनवरीमा सत्ता छोड्ने छन् । सोही दिन नवनिर्वाचित डेमोक्रेट राष्ट्रपति जोय बाइडेनले पदिय शपथ ग्रहण गर्ने भएका छन् ।

ट्रम्पले बाइडेनको उक्त शपथ ग्रहण समारोहमा आफू उपस्थित नहुने बताइसकेका छन् । प्रत्युत्तरमा बाइडेनले पनि ट्रम्प सो कार्यक्रममा उपस्थिती नभएकै राम्रो भएको प्रतिक्रिया पनि दिइसकेका छन् । पेलोसीले विधायकहरुलाई प्रतिनिध सभाले सोमवार संविधानको धारा पचिस संशौधन गर्न पेन्सलाई औपचारिकरुपमा अनुरोध गरिने कुरा लिखित जानकारी दिइसकेकी छन् ।

यो संशोधन पछि पेन्सलाई ट्रम्पलाई व्यहाइट हाउसबाट निकालेर आफु निमित्त राष्ट्रपति बन्ने बाटो खुल्छ । मंगलवार यस विषयमा हाउसले मतदान गर्न सक्ने पनि बताइएको छ । त्यसपछि हाउसले ट्रम्प विरुद्धको महाभियोगको कदम चाल्नु अघि पेन्स र क्याविनेटलाई कारवाही अघि बढाउन २४ घन्टाको समय सिमा दिइन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्