किमले बहिनीलाई पोलिट ब्युरोमा स्थान दिएनन्



सोल (एजेन्सी)

उत्तर कोरियाका नेता किम जोंग उनले सत्तारुढ वर्कस पार्टीको शक्तिशाली पोलिट ब्युरोमा आफ्नी अत्यन्त प्रभावशाली बहिनी किम यो जोंगलाई स्थान दिएका छैनन् । यो कदमलाई लिएर आफ्नै बहिनीको बढ्दो प्रभावलाई लिएर किम संसकित भएको हुन सक्ने अनुमान गरिएको छ ।

उत्तर कोरियामा आइतबार केन्द्रिय कमिटीको चुनाव भएको थियो । किम यो जोंग अहिले सेन्ट्रल कमिटीकी एक सदस्य रहि रहने छिन् । तर उनलाई पोलिट ब्युरोको सूचीमा समावेश गरिएको छैन । यसअघि किम जोंग उनले आफ्नी बहिनीको नाम पोलिट ब्युरोको सुचीमा समावेश गर्न सकिने अपेक्षा गरिएको थियो । यसअघि पार्टीको बैठकमा ३८ नेताहरुबीच किम यो जोंग पनि देखिएकी थिइन् ।

किम यो जोंगको प्रभाव केही बर्षमा धेरै बढेको छ । सुरुवाटमा किम यो जोंग आफ्नै दाजुको निजी सचिवका रुपमा देखिएकी थिइन र त्यसपछि दक्षिण कोरिया मामिलाका विशेष दुत बनाइएको थियो । सन् २०१७ मा उनी केन्द्रिय कमिटीमा दोस्रो महिला सदस्य बनेकी थिइन् । दक्षिण कोरियाको गुप्तचर एजेन्सीका अनुसरा किम यो जोंग देशमा दोस्रो पंक्तीकी नेताका हैसियतले काम गरिरहेकी छन् ।

कोरियाली मामिलाका विशेषज्ञ प्रोफेसर लिम इल चुलका अनुसार किम यो जोंग उनको हैसियतलाई लिएर अहिले नै कुनै निष्कर्समा पुग्न हतार हुने छ । किनभने उनी अहिले पनि सेन्ट्रल कमिटीकी सदस्य भएको उनको तर्क छ । किम जोंग उनले उनलाई अन्य महत्वपुर्ण पद दिएको हुनसक्छ । किमले आफ्नो पकडा बलियो पार्न यस्तो गरेको हो ।

प्रतिक्रिया दिनुहोस्