अस्पताल आगलागीमा दश शिशुको मृत्यु



नयाँदिल्ली, (एजेन्सी)

भरतको एउटा अस्पतालमा लागेको आगलागिमा परेर दसजना शिशुको मृत्यु भएके छ । शनवार बिहान सबेरै पश्चिमी राज्य महाराष्ट्र स्थित भान्दारा जिल्ला अस्पतालमा भएको सो दुर्घटनामा अस्पतालका कर्मचारीहरुले वार्डमा रहेका शिशुहरुलाई हतार हतारमा सुरक्षित गन्तव्यमा सार्दै गर्दा उक्त संख्यामा मानविय क्षति हुन पुगेको अस्पताल प्रशासनले जानकारी दिएको हो ।

मारिने मध्ये केहि शिशुको केहि दिन अघि मात्रै जन्म भएको थियो । अग्नि नियन्त्रक घटनास्थल आइुपुग्नु अघि सात जना शशिुको सकुशल यद्धार गरिएको थियो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई हृदयविदारक दुखद घटनाको संज्ञा दिएका छन् । आगलागिको कारण खुल्न सकेको छैन ।

यसबारे अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ । राज्यका स्वास्थ मन्त्री राजेश टोपेले प्रारम्भिक छानविन अनुसार सर्ट सक्र्युटको गडबडीकै कारण आगो लागेको संभावना देखिएको बताएका छन् ।

वार्ड भित्र लगातार विस्फोट हन थालेपछि उद्धार कार्यमा अवरोध पुगेको थियो । ड्युटीमा रहेका एकजना नर्सले अस्पतालको नवजात शिशु स्याहा रकक्षबाट अचानक धुँवा निस्कन थालेपछि स्थानिय निकायलाई सुचना दिएको बताएकीछन् । मोदीले टिव्टर माफर्त मृतक परिवार समक्ष हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । यसैगरी गृह मन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले पनि यस घटना प्रति गहिरो दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्