नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्ण शर्मा विजयी



यमलाल भुसाल, बुटवल ।

नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीको भैरहवाका कृष्णप्रसाद शर्मा विजयी हुनु भएको छ ।भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट शर्मा बुटवल उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

शर्माले जिल्ला नगरमा २२ मत र एशोसिएट तर्फ ७८ मत प्राप्त गर्नु भएको हो ।श्रेष्ठले जिल्ला नगरमा ८ र एशोसिएटमा २३ मत ल्याउनु भएको थियो । महासंघको प्रदेश अधिवेशनमा अध्यक्ष बाहेक अन्य पदका पदाधिकारीहरु भने निर्विरोध चयन भएका थिए ।

लुम्बिनी प्रदेश शाखाको एशोसिएट उपाध्यक्षमा दिपक कुमार पौडेल र जिल्ला नगर उपाध्यक्षमा बालकृष्ण सुवेदी चयन भएको निर्वाचन समिती प्रमुख बाबुराम पाण्डेले जानकारी दिनु भयो । कोषाध्यक्षमा रत्नप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । पदाधिकारी र कार्यसमिति गरी उद्योग बाणिज्य महासंघको प्रदेशमा ११ सदस्यीय समिति रहने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्