वीरगन्जबाट हराएका बालक पटनामा भेटिए



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जबाट हराइरहेका दुई बालक फेला परेका छन् । शनिबार बिहान साढे ११ बजे बिहानदेखि वेपत्ता भएका वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा आइतबार भेटिएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

दुवै बालकलाई बिहार प्रहरीले भेटेर उद्धार गरिदिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेस राज पुरीले बताउनुभयो । दुवै बालक आफूहरुको सम्पर्कमा आएका र ’बिहार प्रहरीले आफुहरुलाई सम्पर्क गरेर बालकहरु फेला परेको जानकारी गराएको प्रहरी निरीक्षक पुरीले बताउनुभयो ।

उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पुरीले जानकारी दिनुभयो । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उहाँले बताउनुभयो । शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगन्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु हिजो हराएका थिए ।

बालकहरु हराएपछि उनीहरुका अभिभावकले सामाजिक सञ्जाल मार्फत बालकहरुलाई खोज्न सहयोग गर्न आग्रह गरेका थिए । आफ्नो बच्चाहरुको अवस्थाको बिषयमा जानकारी प्राप्त भएको उनीहरु पटनामा फेला परेको र घर ल्याउने तयारी भइरहेको जगरनाथ कलवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्