देशका केहि स्थानमा सामान्य बदली: आगामी तीन दिनको मौसम पूर्वानुमान



काठमाडौं । हाल देशका केहि भू-भागमा आंशिक सामान्य बदली हेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने को मौसमविदले बताउनुभएको छ ।

आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहान देशका केही भूभागमा आंशिक बदली रहेको छ। मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

   पौष  गते (आइतबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष  गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्