नायब महान्यायाधिवक्तद्धारा कारागार कार्यालय झापालाई पुस्तक हस्तान्तरण



काठमाडौं ।

मिति २०७७ साल पुस २३ गते महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कारागार कार्यालय, झापामापुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कारागार कार्यालय,झापाको परिसरमा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ता श्रीमान् विश्वराज कोइरालाज्यूले कारागार कार्यालय, झापाका प्रमुखश्री राजेन्द्र गौतमज्यूलाई नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतकासाहित्य, इतिहास सहितअन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख आतिथ्य नायब महान्यायाधिवक्ता श्रीमान् विश्वराज कोइराला ज्यू बाट र अध्यक्षता जिल्ला सरकारी वकील कार्यालय, झापाका जिल्ला न्यायाधिवक्ता श्री पदमप्रसाद वस्तीज्यूबाट भएको थियो । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीश्री श्रवण कुमार तिमिल्सिनाज्यू कार्यक्रमको विशेष आतिथि हुनुहुन्थ्यो। यसैगरी, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक श्री कृष्ण कोइरालाज्यू, सशस्त्र प्रहरी उपरीक्षकश्रीरमेश पाण्डेज्यू, अनुसन्धान उपनिर्देशक श्री तिलक प्रसाई ज्यू र कारागार कार्यालय, झापाका प्रमुख श्री राजेन्द्र गौतमज्यू अथिति हुनुहुन्थ्यो।

कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीश्री श्रवण कुमार तिमिल्सिना ज्यू र जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक श्री कृष्ण कोइरालाज्यूलेआफ्नो मन्तव्य राख्नु भएको थियो । कारागारले कैदीवन्दीमा सकारात्मक परिवर्तन ल्याउन विशेष भूमिका खेल्ने र यस पुस्तक हस्तान्तरण कार्यक्रमबाट कैदीवन्दीले नेपालको कानून लगायत विभिन्न विषयहरुमा आफ्नो ज्ञान बढाउन टेवा पुर्‍याउने उहाँहरुले बताउनु भयो ।

प्रमुख अतिथि नायब महान्यायाधिवक्ता श्रीमान् विश्वराज कोइराला ज्यूले महान्यायाधिवक्ताको कार्यालयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमाआठ वटा कारागारहरूका लागि नेपालको संविधान, ऐन नियमका पुस्तकहरू लगायत अन्य पठनीय सामाग्रीहरू खरिद गरी हस्तान्तरण गर्न लागेको कुरा जानकारी गराउदैमहान्यायाधिवक्ताको कार्यालयकोयस प्रयासले कारागारमा रहेका कैदीवन्दीहरूलाईअध्ययनगर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँलेसजाय सम्वन्धि नयाँ र सुधारात्मक व्यवस्थाको कार्यान्वयन तथाकारागारकोअनुगमन र सुधारमा महान्यायाधिवक्ताको कार्यालयले निरन्तर प्रयास गरिरहेको बताउनु भयो । जिल्ला सरकारी वकील कार्यालय, झापाका जिल्ला न्यायाधिवक्ता श्री पदम प्रसाद वस्ती ज्यूले कारागार सुधारमा सबै सरोकारवालाहरुको भूमिका उल्लेखनिय रहेको र आगामि दिनहरुमा कारागार सुधार र समाजमा कैदीवन्दीहरूको पुर्नस्थापना गर्न सबै सरोकारवालाहरु मिलेर जानुपर्ने मन्तव्य राखि कार्यक्रम समापन गर्नुभयो । कार्यक्रमको संचालन सहायक न्यायाधिवक्ता श्री प्रभात क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्