आकाशमा अज्ञात निलो वस्तु देखिएपछि हंगामा



वासिंगटन,(एजेन्सी)

गत साताको मंगलवार अमेरिकाको ओआहुको हवाइ टापुका वासिन्दाहरु साँझ आकासमा एउटा रहस्यमय निलो वस्तु घुमिरहेको देखेर आश्चर्यमा परेका छन् । केहि समय पछि त्यो वस्तु सागरमा खसेको थियो । थुप्रै प्रत्यक्षदर्शीले सो अज्ञात उडिरहेको वस्तु देख्ना साथ अमेरिकाको आपतकालिन फोन नम्वर ९११ म फोन गरेको हवाइ न्युज नाउले जनाएको छ ।

अनलाईनहरुमा सो निलो वस्तुको तस्वीर र भिडियो भाइरल भएको थियो । धेरै मानिसले भिडियो हेरेर त्यो अर्कै अज्ञात ग्रहका प्राणी हुनुपर्ने वा खसेको कुनै विमान हुनुपर्ने अनुमान गरेका थिए । तर एकजना व्यक्तिले ट्विटर मार्फत सो वस्तु कुनै अज्ञात उड्न तश्तरी नभई प्रकाशयुक्त कुनै अत्याधुनिक चंगा हुनुपर्ने दावी गरेका छन् ।

एबिसि ११ का अनुसार संघिय उड्डयन निकाय ( एफएए ) ले थुप्रै व्यक्तिले यो निलो रहश्यमय वस्तु देखेको पुष्टि गरेको छ । विश्वमा अझै पनि थुप्रै बैज्ञानिकहरु अज्ञात ग्रहमा प्राणीको अस्तित्व रहेको हुनसक्ने विषयमा अध्ययन अनुसन्धानमा लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्