शिवको याद भुलाउन नरेश र साक्षीको रोमान्स



लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीत तिम्रो याद भुलाउन म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
म्युजिक भिडियोमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन्। गीतमा उमेश रेग्मीको शब्द तथा संगीत र महाराज थापाको संगीत संयोजन छ। युवराज वाइबाले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाइएको छ। याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफँलाई अझ बिगारिरहेको सन्देश भिडियोमा व्यक्त गरिएको छ। निसल पौडेलले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


‘यसलाई राम्रो आधुनिक गीतका रूपमा चित्रण गर्न चाहन्छु। गीतले नशा पिएर रमाइलो गर्ने भन्दा पनि नशा पिएर म खराब भएँ भन्ने म्यासेज दिन्छु’, गायक परियार भन्छन्– ‘पक्कै स्रोता–दर्शकले मन पराउनुहुनेछ।’ लामो समयदेखि सञ्चारकर्ममा सक्रिय नरेश भट्टराई पछिल्लो समय लगातार म्युजिक भिडियोमा व्यस्त देखिन थालेका छन्। यो भिडियोबाट दर्शकको माया पाउनेमा उनी विश्वस्त छन्। यसअघि आधा दर्जनबढी भिडियोमा अभिनय गरेकी मोडल साक्षी लम्सालले आप्mनो कामलाई दर्शकले रुचाउनेमा आशावादी रहेको सुनाइन्।

 

प्रतिक्रिया दिनुहोस्