क्यापिटल भवन आक्रमणमा चार मारिए



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सशस्त्र समर्थकहरु जबरजस्ती क्यापिटल भवनमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग भएको भिडन्तमा चार जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एक अपरिचित महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य तीनको पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
डेमोक्रेटिक जाय बाइडेनले नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनाव जितेको औपचारिक घोषणाका लागि बोलाइएको कंग्रेसको बैठक यस हिंसात्मक घटनाको कारण आकस्मिकरुपमा रोकिएको छ भने अर्को बैठक बोलाइने भएको छ ।
रिपब्लिकनहरुले केही राज्यमा चुनावी नतिजा उल्ट्याउने असफल प्रयास गरेका थिए । ट्रम्पले आफ्ना आक्रामक समर्थकलाई घर फर्कन आग्रह गरे तापनि चुनावमा धाँधली भएको आरोप भने पुनः दोहो¥याएका छन् । यसअघि डेमोक्रेटहरुले जर्जियामा भएको पुनः निर्वाचनमा दुईवटा सिनेटर सिट जितेपछि सिनेट बाइडेनको पकडमा गइसकेको छ । राफेल वार्नक र जोन ओस्सोफले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई चुनावमा हराएका हुन् ।
वासिङ्टन डीसीको यस अप्रत्यासित घटनालाई विश्वभरिका सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्