खेलकुदमन्त्रीलाई खेलाडीको हकहितबारे ध्यानाकर्षण



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीहरूको हकहित र गुनासाहरूलाई समेट्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ ।
बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाइमा नवनियुक्त मन्त्री तामाङ्गलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
अध्यक्ष दीपक श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा आफ्नो सम्पँर्ण जीवन खेलकुदमा बिताई राष्ट्रको गौरव बढाउँदा पनि राज्यबाट सुरक्षा अनुभँति हुन नसकेको बताएको छ । यस्तै, विगत चार वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्मार्फत ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता, तथा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरूले प्राप्त गर्दै आईरकेको खेलाडी प्रोत्साहन भत्ता रोकिएकोप्रति मन्त्रीलाई ध्यानकर्षण गरकाएको छ ।
अघिल्लो आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीले प्रत्येक पदकबापत ६ हजार र दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक प्राप्त गर्ने खेलाडीले प्रतिपदक ६ हजारका दरले प्रोत्साहन भत्ता प्राप्त गर्दै आइरहेका थिए ।
नवनियुक्त मन्त्रीको आगमनपश्चात सहसचिवको संयोजकत्वमा प्रोत्साहन भत्ता कार्यविधि मस्यौदा समिति गठन गरिएकोमा त्यसको स्वागत गर्दै कार्यविधि तयारीपश्चात् पुनः खेलाडीहरूले त्यसका लागि पहल गरिरहनु नपर्नेमा संघ विश्वस्त रहेको पत्रमा जनाइएको छ । ध्यानाकर्षण पत्रमा हाल रोकिएको प्रोत्साहन भत्ता यथाशिघ्र उपलब्ध गराउनुपर्ने, सागका रजत तथा कास्य पदक विजेताका लागि पनि प्रोत्साहन भत्ताका लागि छलफल अगाडि बढाउनुपर्ने, नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पहल गर्नुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न वातावरण तयार गर्नुपर्ने, देशको गौरव र प्रतिष्ठा बढाउने खेलाडीहरूको कदरस्वरूप राष्ट्र प्रमुखद्वारा प्रदान गरिने विभँषणबाट विभँषित गर्न व्यवस्था गर्नुपर्ने र खेलाडीको भविष्य सुनिश्चित हुने नीति अवलम्बन गर्न विषयगत योग्यताअनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने जस्ता माग राखिएको छ ।
मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष दीपक श्रेष्ठले मन्त्रीज्यँले पदबहालीको पहिलो निर्णयमै खेलाडीको हकहितका लागि कार्यविधिका लागि मस्यौदा तयार गर्न कार्यदल बनाएकोमा सम्पँर्ण खेल क्षेत्र उत्साहित भएको बताए ।
यस्तै, संघका मानार्थ अध्यक्ष दीपक विष्टले रोकिएको भत्ता यथाशिघ्र उपलब्ध गराउनुपर्ने भन्दै अझ त्यसमा वृद्धि गरिएमा उचित हुने बताए । ओलम्पियन बैकुण्ठ मानन्धरले खेलाडीहरूका लागि प्रदान गरिएको रकम अपुग भएको भन्दै खेलाडीलाई हौसला प्रदान गर्ने र उत्साहित गरिने किसिमको प्याकेज ल्याउनुपर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री तामाङ्गले खेलाडी हकहितका लागि सहसचिवको संयोजकत्वमा कार्यविधि मस्यौदा निर्देशिका समिति बनाइसकेको र उक्त समितिलाई १५ दिनको समय दिएकोमा समितिले कार्य थालिसकेको र उक्त मस्यौदामा छलफल गरी छिट्टै नै कार्यान्वन प्रक्रियालाई अगाडि बढाउने बताए । उनले उनले मन्त्रालयको तर्फबाट हुने सम्पँर्ण कार्यका लागि आफँ अगाडि बढ्ने तथा परिणाममुखी र सन्देशमँलक कसरी बनाउन सकिन्छ छलफलबाट अगाड बढ्ने बताए । खेलाडीहरूले प्राप्त गर्ने प्रोत्साहन भत्तालाई कटौती गर्ने नभई त्यसलाई अझ राम्रो गर्नेतर्फ अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुहोस्