छताछुल्ल हुँदै नेकपा विवाद



वीरगन्ज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको असर पर्सा जिल्लामा समेत देखापरेको छ । जिल्लामा कम्युनिस्ट पार्टीलाई स्थापित गराउने पुराना नेताहरू आ–आफ्नो पक्षमा रहेको केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहले दाबी गरेका छन् ।

१ सय ६५ जना जिल्ला सदस्य रहेको पर्सामा बसेको ओली समूहको जिल्ला कमिटी बैठकमा १ सय २ जना सहभागी भई हस्ताक्षर गरेको सो समूहको दाबी छ । साविकको नेकपाको पर्सा अध्यक्ष (हाल ओली समूहका पनि पर्सा अध्यक्ष) तथा केन्द्रीय सदस्य प्रभु हजाराले बहुमत सदस्य अर्थात् १ सय २ जना जिल्ला सदस्य आफूहरूसँगै रहेको दाबी गर्नुभएको छ । उहाँले जिल्लाका १४ पालिकाका अध्यक्ष तथा सचिवमध्ये अधिकांश मूलधारको नेकपा ओली समूहमा नै रहेको बताउनुभयो ।

यद्यपि प्रचण्ड–माधव समूहका नेता बालगोपाल थापाले भने बहुमत आफूहरूसँग रहेको दाबी गर्नुभयो । उहाँले सबै कुरा खोल्न आवश्यक नभए पनि ९७ जना जिल्ला सदस्य आफूहरुसँग रहेको दाबी गर्नुभएको छ । पर्सामा रहेका १४ वटा स्थानीय तहमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत अहिले दुई समूहले आपसमा तानातान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्