हरिवंशलाई ज्योतिषले चुनाव लड्नँ भने !



प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाखमा निर्वाचन गर्ने अनुमोदन गरेपछि देशमा राजनैतिक दृश्य फेरिएको छ। यसै बेला ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक हरिवंश आचार्यले चुनावसम्बन्धी गीत गाएर म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।
आचार्यले कसैलाई भन्न हुँदैन, गीत बनाएर गाउन मिल्दैन भन्दै गाएका छन्
एउटा कुरा कसैलाई नि भन्नुहुँदैन
यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन
हेर भाइ घने कुरो के छ भने
टुँडीखेलमा हात देखाउँदा ज्योतिषेले धनी हुन्छ भने
टुँडीखेलमा हात देखाउँदा ज्योतिषेले चुनाव लड्नँ भने।
हास्य व्यंग्यसँगै आप्mनो भिन्न प्रकारको गायनशैलीका कारण पनि उत्तिकै लोकप्रियता कमाउन सफल यी हरिबहादुरले आप्mनो यो पछिल्लो गीतमार्पmत देश र जनताका लागि भन्दा पनि धन र सम्पत्तिका लागि चुनावमा उम्मेदवारी दिई शक्तिमा पुगेपछि भ्रष्टाचार गर्ने प्रवृत्तिलाई तीखो व्यंग्य प्रहार गरेका छन्। आप्mनै शब्द रचना, संगीत र स्वरको गीतमा हरिवंशले भनेका छन्–
भ्रष्टाचार महापाप हो गर्दै गर्न हुन्न
भ्रष्टाचार गरेर त दुई पैसा नि छुन्न
घँसचाहिँ शाकाहारी खान हुन्छ भन्छन्
अन्त जान पर्दैन घरमै ल्याइदिन्छन्।
मह सञ्चारको प्रस्तुति तथा राइज ग्लोबल प्रोडक्सनसँगको सहकार्यमा तयार पारिएको गीतमा अनेक बहानामा भ्रष्टाचारमा लिप्त हुने नेताहरुलाई हरिवंशले भनेका छन्–
भ्रष्टाचारको नेपालमा नाम नि लिन हुन्न
रोक्नुपर्छ भष्टाचारको जालो अब बुन्न
कमिसनचाहिँ स्वास्थ्यवद्र्धक खानै पर्छ भन्छन्
खान्न खान्न भन्छु म त साह्रै कर गर्छन्।
गीतभरि हरिवंशले समसामयिक राजनीति र त्यसको मँल नियममाथि व्यंग्य गरेका छन् भने गीतलाई अथ्र्याउने गरी फरक आवाजमा संवाद पनि प्रस्तुत गरेका छन्। गीतमा संगीत संयोजन किरण तुलाधरको रहेको छ। मह सञ्चारको युट्युब च्यानबाट बुधबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा हरिवंश एक मजदुरका रूपमा प्रस्तुत भएका छन्। म्युजिक भिडियोमा हरिवंशलाई विभिन्न भँमिकामा किरण तुलाधर, विकास भट्टराई, शशिकुमार खड्का र मुकुन्द अधिकारीले सघाएका छन्। सागरराज शर्माको निर्देशनमा बनेको म्युजिक भिडियोमा सत्यदीप केसीको छायांकन, बिजु प्रजापतिको छायांकन निर्देशन र रामकाजी कँडेल (गणेश) को सम्पादन रहेको छ। युट्युबमा यो गीतको म्युजिक भिडियो हेर्नेहरुले गीतको प्रशंसा गरेका छन्। ‘महजस्तै गुलियो होस् हाम्रो राजनीति पनि।’ –एक दर्शकले गीत हेरेर प्रतिक्रियामा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्