जापानमा आज थप ५ हजार ९५८ जनामा कोरोना संक्रमण, जनवरी ८ बाट आपतकाल घोषणा



राजबिन थापा ‘रामु’, टोकियो ।

जापानमा आज थप ५,९५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनवरी ६ तारिख बुधबार साँझ ६ बजेसम्म एकैदिन जापानभर ५,९५८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

जापानको स्वास्थ्य,श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार बुधबार टोकियो १५९१ जनासहित खानागावा ५९१,साईतामा ३९४ र चिवामा ३११ संख्या रहेका छन् । जापानमा हालसम्म आन्तरिक र बाह्य गरि २,६०,०९३ जना कोरोना संक्रमित भएका छन् । जापानमा ८० प्रतिशत अर्थात २,०७,०३९ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।

जापानभर आज ३८ जनासहित मृत्यु हुनेको संख्या ३,८०७ जना पुगेको छ । जापानमा संक्रमण नियन्त्रण बाहिर जान थालेपछि टोकियो,साईतामा,चिबा र कानागावा क्षेत्रमा जनवरी ८ बाट फेब्रअरी ७ सम्म आपतकाल घोषणा गर्ने भएको छ । जापानका व्यापारीलाई आपतकाल घोषणाको समयमा नियम अनुसार पसल,रेष्टुरा बन्द गरे दैनिक ६० हजार सरकारले दिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्