सशस्त्र प्रहरीद्धारा दुइ थान भरुवा बन्दुकसहित शिकारी पक्राउ



भद्रपुर ।

अवैध रुपमा शिकार खेल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल झापाले दुइ थान भरूवा बन्दुकसहित एक व्यक्तिलाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कचनकवल ७ खुट्टामारी बस्ने ३२ वर्षिय मनिष माङमु रहेको सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएको छ ।

कचनकवल ७ स्थित पाथिभरा सामुदायिक वनमा अवैध हतियारसहित केहि व्यक्ति शिकार खेल्दै गरेकोे सूचनाका आधारमा विओपी पृथ्वीनगर र पाठामारीबाट संयुक्त रुपमा सशस्त्र प्रहरी विओपी पृथ्वीनगरका इन्सपेक्टर अशोक न्यौपानेको कमाण्डमा मंगलबार साँझ खटिएको १३ जनाको टोलीले माङमुलाइ पक्राउ गरेको सशस्त्रका सुचना अधिकारी एवम डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले उनको साथवाट भरुवा बन्दुक २ थान , केप थान ८, टल्लो थान ६, छर्रा थान ८,लाइटर थान १ र मेजर चुरोटको बट्टा थान १ बरामद गरिएको भण्डारीले जानकारी दिए । घट्नापछि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा आवश्यक कारबहीको लागि बुझाएको उहाँले जनाउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्