कस्तो लाग्यो तिमीलाई सार्वजनिक



लोक पौडेलको गीत कस्तो लाग्यो तिमीलाई म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीत गायक पौडेलकै रहेको छ। गीतमा रूपमसिंह गुरुङले संगीत संयोजन रहेको छ।
नवविवाहित दम्पतीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमान्ले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन्। कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सागर लम्साल (बले) र अनु काप्mलेको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्