आज थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ५७८ जना संक्रमणमुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार देशभरका बिभिन्न प्रयोगशालामा नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । आज थप ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने हालसम्म् एक हजार ८ सय ९३ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्