प्रदेश सरकारमा मन्त्रीमण्डल तत्काल हेरफेर हुँदैन : प्रवक्ता चौधरी



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गर्नु भएको छ । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरक फरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले आफुहरु सहभागि सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबि गर्नु भयो ।

प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपि ओलीले संसद बिघटन गरेको भन्दै उहांले संसद पुर्नस्थापना हुने संभावना नरहेको दाबि गर्नु भयो । उहाँले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीबिरुद्ध अविश्वासको मत जाहेर नगरेकोले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दाबि गर्नु भयो् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संस्थापनपक्ष ओलीतिर खुलैर सांसदहरु लाग्नेक्रम शुरु भएको र पूर्व माओबादीका ५देखि ७ जना सांसदहरु आउने भएकाले सरकार अल्पमतमा नभई सुरक्षित रहेको दावि गर्नु भयो ।

लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाइ समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाउनु भयो । उहाँले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णायक कदम चाल्न तयार रहेको बताउनु भयो ।

आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गर्नु भयो । जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताउनु भयो ।

सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नव निर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाइ सम्मान गरिएको थियो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्