नेपालीले विजय प्राप्त गरेको पर्सागढीमा मनाइयो विजयोत्सव



कृष्णउदास खनाल, वीरगन्ज ।

तत्कालीन ब्रिटिश सरकारका सेनाबीच वि.सं. १८७१ को युद्धमा भएको विजयीको सम्झनामा आइतवार पर्सागढी नगरपालिकामा २०६ औं विजयोत्सव मनाइएको छ ।विसं १८७१ मा नेपाल र भारतमा तत्कालीन ब्रिटिश सरकारका सेनाबीच भएको युद्धमा विजयी प्राप्त भएको सम्झनामा पर्सागढी नगरपालिकामा एक कार्यक्रमका बिच विजयोत्सव मनाइएको हो ।

पर्सागढी नगरपालिकाबाट विभिन्न बाजासहितको –याली निकाली नगरपरिक्रमापछि पर्सागढी मन्दिरमा पुगेर कोणसभा गरी सम्पन्न भएको थियो।कोणसभामा बोल्दै मेयर लोकनारायण यादवले भारतमा रहेका ब्रिटिश सेनाको टुकडीले पर्सागढी नगरपालिकामा टेन्ट गाडी कब्जा गर्न खोज्दा नेपाली सेनाले ब्रिटिश सेनालाई भगाएको सम्झनामा आज विजयोत्सव मनाइएको बताउनुभयो ।

उहाँले एतिहासिक महत्व बोकेको पर्सागढी मन्दिरलाई अझै व्यवस्थित बनाउन नगरकपालिकाले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । चण्डीप्रसाद गण वीरगन्जका प्रमुख सेनानी मदनजङ्ग राणाले पर्सागढीमा गौरवका साथ उत्सव मनाउनुपर्ने बताउनुभयो । हाम्रा पुर्खाले ज्यान दिएर यो ठाउँको रक्षा गरेको हुनाले ऐतिहासिक महत्वको पर्सागढीको संरक्षण, संवद्र्धनमा सबैले सहकार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

विजयोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको आयोजना र पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेना, पर्यटक पत्रकार सङ्घ पर्सा, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा मनाइएको थियो ।कार्यक्रममा अशिक्षादेवी थरुनी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, होटल व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त, वडाध्यक्षहरू तुलाराम चौधरी, किसुनदेव प्रसाद, वेदमनदास थारू, नेका बुथ सभापति जङ्गबहादुर दास थारू, उद्धव उप्रेती, समाजसेवी अच्छेलाल यादव, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरी, किशोरी राउत अहिर लगायतको सहभागिता थियो ।कार्यक्रममा इन्जिनीयर जगविजय साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण गिरिराज कँडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्