प्रचण्ड-माधव समूहले गर्‍यो शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई कारबाही



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई हटाएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले इन्चार्ज द्वयलाई कारवाही गर्ने निर्णय गरेको हो ।

आज पेरिसडाडाँमा माधव नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीमुक्त गरेको हो । उनीहरु दुवै जना ओली पक्षका नेता हुन् । पुष ५ गते सरकारले संसद भंग गर्ने निर्णय गरेपछि नेकपामा कित्ताकाट भएको छ । एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम चलिरहेको छ ।

यस्तै नेकपा अध्यक्ष प्रचण्ड आज भारतको मुम्बई गएका छन् । पत्नी सीता दाहालको स्वास्थ्योपचारका लागि उनी त्यस तर्फ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्