कालिकोटमा विष्फोटक पदार्थसहित २ जना पक्राउ



कालीकोट ।

कालिकोटमा विभिन्न विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहरीनाथ गाउँपालिका- ९ लालु बस्ने दोभान भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोट भेरी नगरपालिका-२ बस्ने प्रकाश भन्ने ३२ वर्षीय पदम बहादुर पुनलाई विभिन्न विष्फोटक पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कालीकोट र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुर्गाराजको घरमा जाँच गर्नेक्रममा लुकाई राखेको १ नाल काठको बन्दुक, १ थान प्रेसर कुकर बम, १ रोल ईलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, ५ प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, १ थान ब्याट्री चार्जर, २ थान सेप्टी फ्युज, १ लोला नेपालाइट, ५ सय ग्राम सोडा, १ थान कनेक्शन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र १ केजी गन्धक लगायतका विष्फोटक पदार्थहरू तथा २० थान एनटीसी सिमकार्ड सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्