संसद् विघटन भएपछि वर्तमान सरकार कामचलाउ भयाे : मन्त्री तुम्बाहाङ्फे



विराटनगर ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले  संसद्  विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उहाँले बताउनुभयो । मन्त्री तुम्बाहाङ्फेले तोकिएको मितिमा चुनाव गराउन सरकार लागिपरेको बताउनुभयो पत्रकारहरुसँगको कुराकानीमा मन्त्री तुम्बाहाङ्फेले ‘तोकिएको मितिमा चुनाव हुनेमा सङ्का नगर्न आग्रह गर्नुभएको हो । चुनावका लागि आवश्यक सबै तयारी अगाडि बढेको उहाँले बताउनुभयो ।

उहाँले ओली सरकासर कामचलाउ भएको बताउँदै सरकारको काम कारवाही सहज रुपमा अघि बढाउनका लागि मात्रै प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताउनुभयो ।यसैबीच प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिनुुभएकाे छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताउनुभएको हो । पूर्व कानुनमन्त्री समेत रहेकी उनले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनुभयो । प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्