सांस्कृतिक संस्थानले अनलाइन नाटक प्रतियोगिता गर्दै



काठमाडौं ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले अनलाइन एकल नाटक प्रतियोगिता आयोजना गर्ने भएको छ । अब घर–घरमा रंगमञ्च भन्ने अवधारणा आत्मासाथ गर्दै देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको संस्थानले जनाएको छ ।

प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने, नाटकको अवधि १५ देखि २० मिनेटको हुनुपर्ने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले नाटकको पाण्डुलिपिसहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनुपर्ने, कलाकारको एकल प्रस्तुति हुनुपर्ने, नाटकको भिडियो एक सर्टको मात्र हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गर्ने संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताउनुभयाे ।

ञउत्कृष्ट २५ नाटकलाई संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिनेछ। प्रसारण भएको एक महिनाको अवधि अनलाइन अडियन्स जजिङका रूपमा रहनेछ’, महाप्रबन्धक राईले भन्नुभयाे– ‘यस अवधिमा सर्वाधिक लाइक र शेयर भएका नाटकलाई निर्णायक मण्डलले बढीमा थप १५ अंक र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट ५ नाटक छनोट हुनेछन् ।’

उत्कृष्ट ५ नाटकलाई संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिने उनले जनाए। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुयिया“ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप १५÷१५ हजार रुपिया“ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। उत्कृष्ट–५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने–जाने, बस्ने–खाने सबै व्यवस्था सांस्कृतिक संस्थानले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्