दिउँला तिमीलाई माया सार्वजनिक



सोल्टिनी, को होला त्यो, कस्तो यो मन, रोगै पिरती, मुग्लानजस्ता हिट गीतका गायक सुनील गिरीको नयाँ गीत दिउँला माया तिमीलाईको म्युजिक भिडियो सार्वजनिक भएको छ।
दिउँला माया तिमीलाई सोल्टिनीको भाग–२ हो। तनहुँको चर्चित पर्यटकीयस्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनील र उर्मिला गुरुङको रोमान्टिक प्रेमकथा देखाइएको छ। सुनीलकै शब्द र संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्जमेन्ट रहेको छ। सुनीलको निर्देशनमा तयार पारिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाका देखाइएको छ। मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनीलले आप्mनो शैलीमा ढालेका छन्। भिडियोमा विकेक विकको छायांकन र सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्