नाइजरमा सशस्त्र समूहको आक्रमणबाट ७० नागरिकको मृत्यु



निआमे, नाइजर ।

मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको र अन्य २० जना घाइते भएको सुरक्षा स्रोतले आइतबार जनाएको छ।

मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् ।आइतबार नै आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए । नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्