कंगना र उर्मिलाबीच फेरि वार



बलिउड अभिनेत्री कंगना रनावत र उर्मिला मतोडकरबीच फेरि एकपटक ट्विटर वार परेको छ।
भारतीय कांग्रेस पार्टी छोडेर केही समयअघि मात्र शिवसेनामा प्रवेश गरेकी उर्मिलाले पार्टी प्रवेशको केही दिनपछि नै मुम्बईमा साढे ३ करोड रुपियाँभन्दा माथि मँल्यको अफिस किनेपछि कंगनाले उर्मिलालाई निशाना गर्दै एक ट्विट गरेकी छन्। कंगनाले लेखेकी छिन्– ‘डियर उर्मिलाजी, मैले आफ्नै मेहनतले बनाएको घर कांग्रेसले तोडिरहेको छ। वास्तवमा बीजेपीलाई खुसी बनाएर मलाई केवल २५÷३० केस हात लागेको छ। कास, म पनि तपार्इंजस्तै समझदार हुने थिएँ भने कांग्रेसलाई खुसी पार्ने थिएँ। म त निकै बेबकुफ छु हैन?’ यति लेख्दै कंगनाले एक मिम भिडियो शेयर गरेकी छिन्।
जहाँ सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा उर्लिएको लागँऔषधको विवादमा कंगना र उर्मिलाबीचको विवाद देखाइएको छ र उर्मिलालाई मजाक बनाइएको छ। यसको जवाफमा उर्मिलाले एक भिडियोमार्फत दिएकी छिन्। जहाँ उनले कंगनालाई आफँले २५÷३० वर्षको करिअरमा कठिन मेहनतका साथ कमाएको पैसामार्फत अँधेरीमा सन् २०११ मा किनेको फ्ल्याट र गत मार्चको पहिलो हप्तामा उक्त फ्ल्याट बेचरे आफँले नयाँ अफिस किनेको कागजपत्र हेर्नका लागि स्थान तथा समय चयन गर्न आग्रह गरेकी छिन्। केही समयअघि पनि लागँऔषधको मामलामा कंगना र उर्मिलाको सामाजिक सञ्जालमा भनाभन भएको थियो।

प्रतिक्रिया दिनुहोस्