नाइजर आक्रमणमा दर्जनौं मारिए



जारोमदारेए, (एजेन्सी) ।

आंशकित इस्लामिक लडाकुहरुले नाइजरका दुई वटा गाउँमा आक्रमण गर्दा दर्जनौं सर्वसाधारणको ज्यान गएको छ । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार मालीसंग जोडिएको नाइजरको पश्चिमी सिमा नजिकका गाउँ चोम्वान्गोमा करिव ४७ जना मारिनुका साथै १७ जना घाइते तथा अर्को गाउँ जारोमदारेएमा अन्य ३० जना सर्वसाधारण मारिएका छन् ।

अफ्रिकाको यस साहेल क्षेत्रमा पछिल्ला समयमा इलामिक लडाकु समुहहरुले थुप्रै हिंसात्मक घटना घटाएका छन् । यसैबिच फ्रान्सले शनिवार मालीमा आफ्ना दुई जना सैनिक मारिएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय इस्लामिक लडाकु समुह अल कायदासंग आवद्ध एक समुहले मालीमा भएको अर्को तीनजना फ्रेन्च सेनाको हत्याको जिम्मेवारी लिएको छ ।

साहेल क्षेत्रमा इस्लामिक लडाकुहरु विरुद्धको अभियानमा फ्रान्सले पश्चिम अफ्रिका र युरोपेली गठबन्धन फौजको नेतृत्व गरिरहेको छ । तैपनि यस क्षेत्रमा जातिय , लुटपाट एवं मानव तथा लागु औषध ओसार प्रसारका कारण हिंसा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्