महामारीकै बीच मिस तामाङ २०२१ आयोजना हुने



काठमाडाैं । कोरोना महामारीको जोखिमका बीच मिस तामाङ–२०२१ आयोजना हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिस तामाङ २०२१ को आयोजक संस्था एभरेस्ट फेसन होमले सो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।

मिस तामाङको यो १३औं संस्करण हुनेछ। तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पु-याउने उद्देश्यले यो प्रतियोगितालाई निरन्तरता दिन लागिएको आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी गराइन्। प्रतियोगितामा सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट, शैक्षिक योग्यता एसईई हुनुपर्ने उनले जानकारी गराइन्।

‘माघ १० गते प्रतियोगिको छनोट गरी माघ १४ बाट तालिम शुरू हुनेछ।’ –अध्यक्ष ब्लोन भनिन्। मिस तामाङ विजेताले नगद १ लाख रुपिया“, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ। यस्तै फस्ट रनर्सअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर र सेकेन्ड रनर्सअपले नगद ३० हजार रुपिया“, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ। यसै गरी, १० विधामा सबटाइटल विजेता चयन गरिने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्