ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली



पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउनुभएको छ । जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उहाँले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताउनुभयो ।

“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन” भन्दै उहाँले सरकारले जनताका मसिनामसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्