प्रचण्डका कारण पार्टीमा समस्या आएको हो : शिक्षा मन्त्री श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री मन्त्री कृष्णगोपाल श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड भएपछि पार्टीमा समस्या आएको बताउनुभएको छ । नेकपा काठमाडौका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले प्रचण्डकै कारण पार्टी फुटको संघारमा पुगेको आरोप लगाउनुभयो ।

उँहा जबजब थाल्नुहुन्छ, अनि उपद्रो सुरु हुन्छ, उहालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल बनाउन धेरै प्रयास गर्नुभयो तर प्रमले धेरै प्रयास गर्दापनि उहा प्रचण्डनै बन्दा अन्तत पार्टी फुटको अवस्थामा आयो । उहाले प्रचण्डकै कारण पार्टी फुटको अवस्थामा आएको स्पष्ट पार्नुभयो ।

उपत्यका संयोजक समेत रहनुभएका मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल पचण्डको पछिल्लो अभिब्यक्तिबारे कटाक्ष गर्दै उहाकै कारण पार्टी अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । भन्नुभयो–पार्टी फुटेको छैन, अझै एकढिक्का भएर अघि बढ्नेछ । हामी सुर्य चिन्ह लिएर निर्वाचनमा होमिन्छौ त्यहीस्बाट पार्टी झन बलियो हुनेछ ।

राजनीतिक रूपमा विभाजित भएको प्रचण्ड(नेपाल समूहका नेता दाहालप्रति व्यङ्ग्य गर्दै मन्त्री श्रेष्ठले भन्ुभयो पुष्पकमल दाहाल भए लुम्बिनी गएर परेवा उडाउँछन, प्रचण्ड भएपछि अहिलेको जस्तो गरिरहन्छन्। । उहाँले गएको निर्वाचनमा सुर्य चिन्ह लिएर उठ्न नसकेका प्रचण्ड समुह अहिले सुर्य चिन्हकै लागि छातिमा चिन्ह टासेर तसामा गरिरहेका छन् ।

मन्त्री श्रेष्ठले बैशाख १७ र २७ मा हुने निर्वाचनमा लाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा एमाले एक्लै निर्वाचनमा जाँदा पनि पहिलो भएको भन्दै अहिले सूर्य चिह्नमाथि आँखा लगाएको लगाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्