रेडक्रसद्वारा आगलागिबाट पिडित दुई परिवारलाई राहत वितरण



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गतलाङमा आगलागिबाछ नष्ट भएका दुई घर परिवारलाई रेडक्रसले राहत वितरण गरेको छ ।

पुस १४ गते विहान अचानक आगलागि भएपछि दुई घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। सोे घटनामा मानविय क्षति भने भएन । घर जलेर नष्ट भएपछि विस्थापित भएका दुई परिवारलाई नेपाल रेडक्रस सोसाईटि धुन्चे शाखाले दाल, चामल, तेल, नुन, ओड्ने कम्मल, बाल्टिन, भाडाकुडा सेट, त्रिपाल, उपलब्ध गराएको छ । रेडक्रस सभापति वावुलाल तामाङसहितको टोलिले त्यस ठाउँमा पुगि राहत वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्