प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा



u[xdGqL yfkf sf7df8f}F, @) ebf} -/f;;_ M dlxnf, afnaflnsf tyf Ho]i7 gful/s dGqfnoåf/f dfgj a]rlavg tyf cf];f/k;f/lj?4sf] !# cf}F /fli6«o lbj;sf pknIodf cfof]lht sfo{qmddf u[xdGqL /fdaxfb’/ yfkf . t:jL/ M k|bLk/fh jGt

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताउनुभएको छ । नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उहाँले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछाँै ।” अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताउनुभयो ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायर मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद नवराज सिलवालले नेकपालाई तहसनहस गर्न असन्तुष्ट नेता उभिएकाले सबैलाई मिलेर निर्वाचनमा जान अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्