खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ



काठमाडौं ।

सहकारीका कर्मचारीमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए । सो गिरोहले १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ लुटपाट गरेको थियो ।

उनीहरुको साथबाट लुटिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।

थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्