सशस्त्रका ६ एसएसपीकाे डीआईजीमा बढुवा सिफारिस



काठमाडौं ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक ‘एसएसपी’ लाई प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।

जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सदस्य सचिव रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्