नेपाल प्रहरीका सईबिरुद्ध भ्रष्टाचार मुद्धा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका एक नायब निरीक्षक(सई)बिरुद्ध भ्रष्टाचार मुद्धा परेको छ । घुससहित पक्राउ परेका सई सिकन्दरप्रसाद कानुबिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो ।

सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत सई कानु ५० हजार घुससहित पक्राउ परेका थिए । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा उनीबिरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनीबिरुद्ध ५० हजार बिगो दाबी गरिएको छ । उनलाई अख्तियार कार्यालय इटहरीको टोलीले प्रहरीले समातेको मोटरसाइकल फिर्ता गरिदिने भन्दै ५० हजार घुस लिँदै गर्दा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्