पूर्वराष्ट्रपति यादवको दाबी : संसद बिघटन संबिधान बिपरित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्द्वारा गरिएको संसद बिघटनको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले लालमोहर लागएको बिषय असंबैधानिक भएको भन्दै नेपाली राजनीतिमा खैलाबैला मच्चिएको छ ।

राजनितिक दल, नागरिक समाज तथा आम जनताले सरकारको कदम असंबैधानिक भएको बताईरहेका बेला पूर्व राष्ट्रपति रामवरण यादवले मुख खोलेका छन् । पूर्व राष्ट्रपति यादवले सरकारले गरेको संसद बिघटनको कार्य संबिधान विपरित भएको बताएका छन् ।

यो कदमले देशलाई निश्चितताकोबाटोमा धकेलेको बताउँदै संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताएका छन् । बिहीबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्