निर्मला प्रकरणपछि बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्बहाली



काठमाडौं ।

निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा बर्खास्त गरिएका प्रहरी उपरिक्षक ( एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ ।सरकारले बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्मला हत्याकाण्डका बेला बर्खस्तगीमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । अदालतमा परेको मुद्दामा उनले सफाइ पाएपछि पुनर्वहाली गर्नुपर्ने अवस्था आएको थियो ।

बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेका थिए । गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो । प्रकरणका आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्