वेलायतमा कोरोनाको दोस्रो खोप तयार



लन्डन,(एजेन्सी)

वेलायतले युनिभर्सिटी अफ अक्सफोर्ड र एस्ट्राजेनेका औषधि कम्पनीको संयुक्त प्रयासबाट तयार पारिएको कोभिड १९ विरुद्धको खोप तयार गरेको छ । यस अघिको फाइजर खोपलाई जस्तो यसलाई अत्यन्तै न्युण तापक्रममा सुरक्षित गर्नु नपर्ने भएकाले यसलाई गेम चेन्जरको रुपमा पनि हेरिएको छ ।

वेलायत सरकारले १० करोड डोज खोप अर्डर गरेको छ भने अब लाखौं संख्यामा थप वेलायती जनतालाई खोप दिइने भएको छ । यसअघि डिसेम्वरको शुरुमै फाइजर – बायोएनटेक खोप वितरण गरिएको थियो । वेलायतले अर्को नयाँ किर्तिमन सहित एकै दिनमा ५३ हजार १ सय ३५ कोरोना भायरस संक्रमित फेला परेको घोषणा गरिएको भोलिपल्टै यो दोश्रो खोप तयार भएको खवर सार्वजनिक भएको हो ।

यदि कोरोनाकै कारण थप लामो समय लकडाउन जस्ता कडा वन्देज लागइएको खण्डमा लाखौं वेलायतीले खोपको प्रतिक्षा गरिरहनुपर्ने स्थिती यस नयाँ खोपले अन्त्य गरेको छ । हालै दक्षिण – पुर्वी वेलायतमा कोरोनाको कारण स्वास्थ सेवा नराम्ररी प्रभावित हुने अनुमान गरिएको छ । यसैगरी विश्वमै पहिलो पटक वेलातमै कोरोनाको नयाँ विकसित स्वरुप फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्