उहानमा पाँच लाख मानिस संक्रमित भएको दावी



बेइजिंग,(एजेन्सी)

चीनको हुवेइ प्रान्तको शहर उहानमा झण्डै ५ प्रतिशत मानिस कोभिड १९ संक्रमित भएको हुनसक्ने कुरा रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सिडिसि) का अनुसनधानकर्ताहरुले गरेको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ । उहानको अनुमानित जनसंख्या १ करोड १० लाख रहेको छ । यस अर्थका करिव ५ लाख वासिन्दा भाइरसको संसर्गमाआएको अनुमान गरिएको छ ।

यदि यो अध्ययन सतय र सहि हो भने यसअघि उहानले आधिकारिक रुपमा ५० हजार ३ सय ५४ जना संक्रमित भएको भन्दै निकालेको तथयाँक भन्दा वास्तविक संक्रमित संख्या १० गुणाले बढि रहेको मान्नु पर्दछ । चीनको औपचारिक संक्रमित तथ्याँकमा लक्षण देखिएका संक्रमितहरुलाई उल्लेख गरिएको छैन ।

यो अध्ययन यसै वर्षको शुरुमा गरिएको हो । यसका लागि बृहत हुबेइ प्रान्त , बेइजिंग , साँघाइ र अन्य चारवटा प्रान्तबाट ३४ हजार मानिसको स्वाव नमुना संकलन गरिएको सिडिसिले विच्याटमा राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भाइरसको प्रारम्भ विद्यनु पत्ता लगाउने अनुसन्धान थाल्न अन्तर्राष्ट्रिय बैज्ञानिकहरुको एक टोलि उहानमा पुग्नु अघि नै यो अध्ययन गरिएको थियो ।

यसै वर्षको शुरुमा अन्तर्राष्ट्रिय जगतले चीनले कोरोना भाइरस संक्रमण तथ्याँक सार्वजनिक गर्दा पारदर्शिता नअपनाएको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्