तिब्र रुपमा चल्दै भर्ना छनौट, एसएसपी सिंहलाई कोरोना संक्रमण



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहलाई कोरोना संक्रमण भएकोछ । केही दिन पहिलेदेखि प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा सञ्चालन भइरहेको प्रहरी भर्ना छनौँटमा निकै सक्रिए भएका एसएसपी सिंहलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँको अहिले केन्द्रिय प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौँमा उपचार भइरहेको छ । एसएसपी सिंहको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । तालिम केन्द्र प्रमुख सिंहलाई कोरोना संक्रमण देखिएपछि अहिले प्रदेश प्रहरी कार्यालयबाट काम चलाउनका लागि अर्का एसएसपी मोहनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ ।


कोरोना मुक्त भएपछि केही समय भित्रै सिंह कामकाजमा फर्किने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रहरी तालिम केन्द्रमा भर्ना छनौँट तिब्र रुपमा भइ रहेको छ । आगामी माघ २१ गते सम्म सञ्चालन हुने उक्त भर्ना छनौँट प्रक्रिया तिब्ररुपमा सुरु भएको सो कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक ४०० जनाको भर्ना छनौँट गरिदै आएको छ । देशका पुर्वी जिल्लाबाट पनि उक्त भर्नामा सहभागि हुन युवाहरु आएका छन् । कुल १४ हजार ७९८ जनाले प्रहरीका जवनाका लागि आवेदन भरेका छन् । गतवर्षको भर्नामा ६ हजार ११८ जनाले आवेदन भरेका थिए ।

यहि मंङ्सिर ८ गतेबाट सुरु गरिएको उक्त भर्ना छनौँट निश्पक्ष, पारदर्शिता सहितसुरु गरिदै आएको सूचना अधिकारी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रहरी निश्पक्ष र पारदर्शि रुपमा भर्ना छनौँट सुरु गरेका छौँ, यो वर्ष आवेदन भर्नेको सङ्ख्या अरु वर्ष भन्दा अधिक छ ।”

कोरोनाका कारण छिमेकी मुलुक भारतको रोजगारी छोडी घरैमा बसेका यहाँका युवा,युवतीहरु उक्त भर्नामा सहभागि भएको प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । भर्ना छनौँटमा लोकसेवा आयोग, जिल्ला प्रशासन सहितका कर्मचारीहरु समावेस हुने गरेका छन् ।

यसपटकको भर्नामा नेपाल प्रहरीले दुई दात सम्म किराले खाएको वा भाचिएको भएपनि समावेस गर्ने नियम बनाएको छ । यतिमात्र नभई प्रहरी तालीम केन्द्रले भर्ना छनौट प्रक्रिया निस्पक्ष तथा पारदर्शि ढंगले सुचारुका लागि बिभिन्न अनुगामन समिति समेत बनाएको छ । प्रहरी प्रहरी तालिम केन्द्रले यो वर्ष सञ्चारकर्मीलाई पनि भर्ना छनौट प्रक्रिया हेर्न तथा समाचार सम्प्रेषणका लागि फोटो खिच्न खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्