फाइजरको कोरोना खोप लगाएकी नर्स एक हप्तामा कोरोना पोजेटिभ



वासिंगटन (एजेन्सी)

अमेरिकाको क्यालिफोर्नियामा फाइजरको कोरोना भाइरस खोप लगाएको एक हप्ता मै एक नर्सलाई कोरोना पोजिटिभ देखिएको छ । म्याथ्यु डब्ल्यु नामकी ती नर्स दुई फरक फरक हस्पिटलमा नर्सको काम गर्छिन । ती नर्सले गत डिसेम्बर १८ मा कोरोना खोप लगाएकी थिइन र फेसबुकमा पोस्ट गरी यसको जानकारी पनि दिएकी थिइन् । महिलाले खोप लिएपछि कुनै साइड इफेक्ट नभएको बताएकी थिइन् ।

एबीसी अखबार अनुसार खोप लगाएको ६ दिन पछि क्रिसमसको पुर्व सन्ध्यामा कोविड १९ युनिटमा काम गरेपछि नर्स विरामी भएको थियो । नर्सलाई सुरुमा रुघा लागेको थियो र पछि उनको शरीरमा पिडा हुन थाल्यो । नर्सलाई थकान महसुस पनि हुन थाल्यो । क्रिसमसपछि नर्स अस्पताल गएकी र कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।

कम्पनीले खोपको क्लिनिकल परीक्षणमा कोरोना भाइरस विरुद्ध इम्युनिटी उत्पन्न हुन १० देखि १४ दिन लाग्न सक्ने उल्लेख छ । कोरोना भाइरस खोपको पहिलो डोजले करिब ५० प्रतिशत मात्र सुरक्षा दिने र ९५ प्रतिशत सुरक्षाका लागि दोस्रो डोजको आवश्यक हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्