राखेप र कृषि विकास बैंकबीच सम्झौता



काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि बिकास बैंकबीच मंगलबार सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदस“ग प्रत्यक्षरूपमा जोडिन पाउ“दा संस्था गौरवान्वित भएको बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विगतलाई स्मरण गराउ“दै भने– ‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदायी हुनेछ ।
दश वर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापटीसम्बन्धी ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराउनेछ । जसमध्य रिभोल्भिङ प्रकृतिको कर्जा सीमा अधिकतम ५ लाख हुनेछ ।
परिषद्ले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।
खेलकुदको विकास र विस्तारका लागि केन्द्रदेखि पालिकासम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर परिषद्लाई भौतिक सामग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाइ बैंकले गरिदिन सक्नेछ । बैंकले छपाइ गरेको टिकटमा संस्थाको व्यावसायिक सन्देश राखिनेछ । बैंकिङ कारोबारका लािग बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्नेछ ।
सम्झौता हिजोको मितिदेखि १० वर्षका लागि लागू हुनेछ । बैंक र परिषद्बीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको छ । यो सम्झौताका विषयवस्तु नेपाल सरकारले जारी गरेको कानुन र भविष्यमा जारी हुने कानुनबमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्