दिक्तेलवजारमा प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन



रामधन राई, खोटाङ ।

पुष–१३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले खोटाङमा विरोध प्रदर्शन गरेको छ । गाउँगाउँवाट नाराजुलुससहित आएका उक्त पक्षका नेता–कार्यकर्ताले दिक्तेलबजारमा केन्द्रीत भई विरोध प्रदर्शन गरेको हो ।

स्थानीय हेलिप्याडबाट शुरु भएको नाराजुलुससहितको -याली रत्नपार्कको किरात चोक, पुरानो बेशक्याम्प, हाटडाँडाँ, त्रिवेणीचोक हुँदै भवन गैरा गरी पाँच स्थानमा कोणसभा गरी सम्पन्न गरिएको उक्त पक्षले जनाएको छ ।

-यालिको नेतृत्व गरेका नेकपा स्थायी समिति आमन्त्रीत सदस्य टंक राईले जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधी सभाको विघटन घोर असंवैधानीक भएको बताउनुभयो । केपी ओलीलाई नेता मान्नु नै गल्ति भएको भन्दै बहुमतको अधिनस्त अल्पमत
भन्ने कम्युनिष्ट पार्टीको विधि विधान नै नमान्ने नेताको काम नभएको राईको ठहर छ ।

कोणसभाहरुमा नेकपा केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज एवम प्रदेश सभा सदस्य राजन राई, नेकपा केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सह-इन्चार्ज प्रदेश सभा सदस्य रामकुमार राई (पासाङ)ले सम्वोधन गर्नुभएको थियो । यस्तै, पुर्व सभाषद दुर्गाजयन्ती राई, समिता कार्की, प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका अध्यक्ष बवी चाम्लिङ, धु्रव वुढाथोकी(धिरेन),जिल्ला अध्यक्ष देवान किराती(पृथ्वी) लगायतका नेताहरुले कोणसभामा सम्वोधन गरेका थिए । वक्ताहरुले ओलीको असंवैधानिक कदम तत्काल खारेज हुनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्