बालुवाटारमा बस्ने गुट तानाशाही गुट मात्रै हो : नेता खनाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा बस्ने गुट केपी ओली नेतृत्वको गुट तानाशाही गुट मात्रै भएको बताएका छन् । आज भृकुटी मण्डपमा आयोजित बिरोध सभा  कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले  बताएका हुन् ।

पुष ५ गते केपी ओली नेतृत्वको सरकारले संसद बिघटनको सिफारिस गरेपछि पार्टीभित्र बिद्रोह सुरु भएको छ । नेता खनालले सारा जनता र पार्टीको विश्वासले प्रधानमन्त्री बनाउँदा पनि अाेलीले पार्टीलाई भर्याङ मात्रै बताएको बताएका छन् । ओलीले हरेक कुरा एकलौटी गर्ने गरेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्