कुलेश्वर आवास परिवार कल्याण संस्थामा,नयाँ कार्य समिति गठन



न्युज अफ नेपाल, काठमाडौं ।

कुलेश्वर आवास परिवार कल्याण संस्थाको नयाँ कार्य समिति हालै गठन भयो । उक्त कार्य समितिमा अध्यक्ष राजु दाहाल शर्मा, उपाध्यक्ष क्रमशः घनश्याम गौतम, मदन श्रेष्ठ, रामराज पन्त, गिरिन्द्र राज घिमिरे, सचिवमा उमा श्रेष्ठ पोखरेल, कोषाध्यक्ष त्रिलोचन प्रसाद जोशी, सहसचिव रामचन्द्र श्रेष्ठ, सदस्यहरु कल्पना श्रेष्ठ, उमा साँगाछे, धमेन्द्र अग्रवाल, रामेश्वर श्रेष्ठ, रस्मिला श्रेष्ठ, विद्यालक्ष्मी श्रेष्ठ, विमला अमात्य, मेनुका काफ्ले, निर्विरोध निर्वाचित हुनुभएकोछ ।

नवगठित कार्यसमितिलाई एक समारोहको विच निर्वाचन समितिका संयोजक वेणी माधव ज्ञवालीबाट सपथ ग्रहणको साथै सफलताको कामना समेत गर्नुभएको थियो । उक्त अवसरमा शुभकामना व्यक्त गर्नुहुने महानुभावहरुमा पुर्व सूचना आयुक्त कृष्णहरी बास्कोटा, पूर्व सचिव विजय राज भट्टराई, समाजसेवी पञ्चकुमारी मानन्धर, समाजसेवी हरिओम मानन्धर, उद्योगपति तथा समाजसेवी पवन अग्रवाल समेत हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष राजु दाहाल शर्माबाट सबैको सुझाब अनुसार कुलेश्वर आवास विकास कार्यमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थाका निर्वतमान अध्यक्ष लोकनाथ पोखरेलबाट नयाँ कार्यसमितिलाई शुभकामना सहित पद हस्तान्तरण गर्नुको साथै संस्थाले विगतमा गरेका कार्यहरुको संक्षिप्त जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्