सन् २०२१ प्रलयको वर्ष हुने बाबा भेंगाको भविष्यवाणी



लन्डन (एजेन्सी) ।

अमेरिकामा इस्लामिक कट्टरपन्थी संगठन अलकायदाबाट भएको सेप्टेम्बर ११ को त्रासदीपुर्ण हमला, ब्रेक्जिट देखि विनासकारी सुनामीसम्मको सटिक भविष्यवाणी गरेका भविष्यवक्ता बाबा भंगाको कोरोनाकालमा प्रलयको चेतावनीले सबैलाई संसकित बनाइदिएको छ ।

८५ बर्षको उमेरमा सन् १९९६ मा यो जगतबाट विदाइ भइसकेका बाबा भेंगाको भविष्यवाणीमा सन् २०२१ पुरै विश्वका लागि प्रलय र महाविपत्तीको बर्ष हुनेछ । साथै विश्वमा शक्तिशाली ड्य्रागनको कब्जा हुनेछ ।

बाल्कन इलाकाका नास्त्राँदमस भनेर चिनिएका बाबा भेंगाले एउटा राम्रो भविष्यवाणी पनि गरेका छन् । सन् २०२१ मा विश्वले महामारीको रुप धारण गरिरहेको क्यान्सर रोगको उपचार विधि प्राप्त गर्ने छ । सन् २०२० को वर्षभरी नै कोरोना भाइरससँगको युद्ध लडेको विश्व बाबा भेंगाको अन्य भविष्यवाणीले भने झन त्रसित बनेको छ । कोरोना खोप आएपछि सबै ठीक हुने विश्वले अपेक्षा गरिरहेको थियो तर उनको भविष्यबाणीले भन् चिन्ता बढाएको छ ।

बाबा भेंगाका अनुसार सन् २०२१ मा ‘तीन राक्षस’ एक हुने र एक शक्तिशाली ड्य्रागनले विश्वमा कब्जा गर्नेछ । नयाँ बर्षमा विश्व समक्ष कठिन समय आउनेछ । विश्वमा मानिसहरु आस्थाका आधारबाट विभाजित हुने उनले बताएका छन् । उनले भनेका छन्, ‘हामी विनासकारी घटनाहरु देखिरहेका छौ जस्ले मानवताको भाग्य तथा नियति बदल्ने छ । ’

बाबाका समर्थकहरु ड्य्रागनको अर्थ चीनको विश्वमा बढ्दो प्रभाव मान्छन् । कथित रुपमा सन् १९९६ मा आफ्नै मृत्युको भविष्यवाणी गर्ने बाबा भेंगाले क्यान्सर रोगका विषयमा भनेका छन्, ‘त्यो दिन आउनेछ, जब क्यान्सरलाई फलामको जन्जिरले बाँध्ने छ । ’
बाबा भेंगाको कयौं भविष्यवाणी सत्य प्रमाणित भएको छ तर कयौं पुरै गलत पनि साबित भएका छन् । उनको मृत्यु पछि उनका भविष्यवाणी सन् ५०७९ सम्म जारी रहनेछ र त्यसपछि यो विश्व ध्वस्त हुनेछ ।

बाबा भेंगाको दावी अनुसार सन् २०२१ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बहिरो हुने छ । त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि घातक हमला हुने र उनी आफुलाई बचाउन तिर लाग्नु पर्ने भेंगाले भनेका छन् । यो बाहेक युरापमा मुस्लिम कट्टरपन्थीबाट रसायनिक आक्रमण हुने र युरोपमाथि दमन हुने बताएका छन् । यसअघि बाबा भेंगाले युरोपमा महान मुस्लिम युद्ध हुने दावी गरेका थिए, तर त्यसतो भएन ।

एक शक्तिशाली आँधीमा १२ बर्षकै उमेर रहस्यमय ढंगले दृष्टीशक्ती गुमाएका बाबा भेंगा भविष्यद्रष्टा बनेका थिए । भेंगाले मृत्यु अघि सन् २००१ को वल्र्ड ट्रेड सेन्टरमा हमला, सन् २००४ को सुनामी, अफ्रिकी अमेरिकी मुलका ब्यक्ती अमेरिकी राष्ट्रपति बन्ने र सन् २०१० को अरब स्प्रिंग जस्ता कयौ भविष्यवाणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्