कोरोना राहत प्याकेजमा ट्रम्पकाे हस्ताक्षर



एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः कोरोना राहत प्याकेजमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउसले आइतबार राहत घोषणा गर्दै ट्रम्पले हस्ताक्षर गरेको जानकारी दिएको छ ।

यससँगै कोरोना प्रभावित अमेरिकी नागरिकलाई सरकारी राहत प्राप्त हुने भएको छ । यसअघि प्याकेजमा रकम कम भएको भन्दै ट्रम्पले हस्ताक्षर गर्नबाट अस्वीकार गर्नुभएको थियो । त्यसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्ने गम्भीर परिणाम आउनसक्ने भन्दै चेतावनी दिएका थिए ।
करिब दुई सय बिलियन अमेरिकी डलरको कोरोना राहत प्याकेज अब हस्ताक्षरसँगै प्रभावितका लागि वितरण गर्ने तयारी भएको ह्वाइट हाउसले बताएको छ । महिनौंसम्म सिनेटमा भएको छलफलपछि सोमबार प्याकेजमा अनुमति दिइएको थियो । प्रति वर्ष ७५ हजार डलरभन्दा कम आम्दानी भएकालाई ६ सय डलरका दरले राहत दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्