बोक्सी भन्दै कुटी कुटी आमाको हत्या, छोरा बुहारी पक्राउ



सिराहा ।

बोक्सी भन्दै आफ्नै आमामाथि कुटपिट गर्दा सिरामा एक महिलाको ज्यान गएको छ । श्रीमतिको कुरा सुनेर बोक्सी आरोपमा कर्जन्हा नगरपालिका ३ का रामअवतार शाहले आमालाई कुटपिट गर्दा ८५ वर्षीया आमा सुदामादेवीको मृत्यु भएको हो ।

गएको कात्तिक ११ गते कान्छो छोरा रामअवतार र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् ।छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो ।

तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन् ।इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको टोलीले मन्जुदेवीलाई कर्जन्हा ३ स्थित उनकै घरबाट आइतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्